शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहिले पुग्छन् सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा ?

सोमबार, ०८ असोज २०७५, १२ : ४९
सोमबार, ०८ असोज २०७५

काठमाडौं–सरकारले गत आर्थिक वर्ष  (२०७४/०७५) भित्रै  सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने लक्ष्य लिएपनि आर्थिक वर्ष सकिएको झण्डै तीन महिना बित्न लाग्दा समेत पुरा हुन सकेको छैन । 
कतिपय स्थानीय तहमा पूर्वाधारको विकास नभएको भन्दै बैंकहरु जान आनाकानी गरेपछि सरकारी लक्ष्य समयमै पूरा हुन नसकेको हो । 

हालसम्म ६ सय ६६ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बताए । 

यस आधारमा अझै ८७ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी छ । गर्भनर नेपालले ती स्थानीय तहमा पनि बाणिज्य बैंकहरुको शाखा एक÷दुई महिनाभित्रै पुगिसक्ने बताए । केही स्थानीय तहमा तशाखा विस्तारको प्रक्रिया समेत शुरु भइसकेको पनि उनले बताए । 

गत वर्ष केन्द्रिय बैंकले हरेक बाणिज्य बैंकलाई कम्तिमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो । 

सरकारको सञ्चित खाता बाणिज्य बैंकमा खोल्ने प्रावधान अनुरुप देश संघियतामा गएपछि हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य हुन्छ । समयमै शाखा विस्तारको प्रक्रियालाई अर्थमन्त्रालय र राष्ट्र बैकले उच्च प्राथमिकतामा राखेको पटक पटक भन्दै आएको छ । 

गर्भनरले कतिपय मानिसमा बैंक तथा वित्तिय संस्थाको पहुँच नै नपुगेको भन्ने बुझाइ रहेको भन्दै ८७ स्थानीय तहमा वित्तिय पहुँच नपुगेको नभइ बाणिज्य बैंकको शाखा मात्र नपुगेको स्पष्ट पारे । 
बाणिज्य बैंक नपुगेको ठाउँमा पनि लघुवित्त कम्पनी, वित्त कम्पनी, सहकारी संस्था लगायत वित्तीय कारोबार गर्ने संस्था पुगेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप