बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपरथीमा बढुवा भएका भण्डारी र भट्टले पाए नयाँ जिम्मेवारी

सोमबार, ०८ असोज २०७५, ११ : ०३
सोमबार, ०८ असोज २०७५

काठमाडौं– मन्त्रिपरिषद्को गत असोज ०५ गतेको निर्णय अनुसार उपरथी पदमा बढुवा भएका रघु भण्डारी र  नरेश चन्द्र भट्टलाई प्रधानसेनापछि पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

यसअघि भण्डारी कल्याणकारी योजना निर्देशनालयका सहायक रथी थिए भने भट्ट रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी थिए । 

उनीहरु दुबैलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।  

दर्ज्यानी चिन्हसँगै भण्डारी संभाररथीेको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप