बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लय पक्रँदै आर्सनल

सोमबार, ०८ असोज २०७५, ०९ : ५५
सोमबार, ०८ असोज २०७५

एजेन्सी । म्यान अफ द म्याच फर्ममेन्स दिएका आर्सनलका गोलकिपर पिटर चेकले टोलीले बल्ल लय पक्रन थालेको बताएका छन् ।

उनाई एम्रेको टोलीले आइतबार एभर्टनलाई पराजित गर्दै लिगमा लगातार चौँथो जित निकाल्न सफल भएको हो ।

दोस्रो हाफमा तीन मिनेटमा दुई गोल गरेपछि आर्सनल एभर्टनबिरुद्ध २–० गोलअन्तरले विजयी भएको हो । जीतसँगै आर्सनल लिगको छैटौँ स्थानमा उक्लेके छ ।

आर्सनलको जीतमा अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामेयाङले गोल गरे ।

उता, ३६ वर्षीय गोलकिपर पिटर चेकले एक पछि अर्को बचाउ गर्दै सिजनको पहिलो क्लिन सिट राख्न सफल भए ।

आइतबार भएको अन्य खेलमा चेल्सी भने वेस्ट ह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ ।

लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ४८ खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको यो मात्र दोस्रो अवसर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप