शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झगडा पछि श्रीमानले गरे चुम्बन, गर्भवती श्रीमतीले टोकिदिँदा आधा जिब्रो गुमाए

सोमबार, ०८ असोज २०७५, ०९ : २६
सोमबार, ०८ असोज २०७५

आठ महिनाकी गर्भवती श्रीमतीले टोकिदिँदा भारतका २२ वर्षे एक व्यक्तिले आफ्नो लगभग आधा जिब्रो गुमाएका छन् । यसबारे पुलिसले आइतबार जानकारी दिएको छ ।

घटना दिल्लीको रानहोलमा शनिबार राती भएको पुलिसले बताएको छ ।

स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन् ।

पुलिसले पनि स्ट्रिट आर्टिस्ट ती व्यक्तिको आफ्नी श्रीमतीसँग कुरा नमिल्ने भएकाले बारम्बार झगडा भइरहने जानकारी दिएको छ ।

पुलिसका अनुसार शनिबार राती पनि यी दुईको झगडा भएको थियो र पछि कुरा मिलेपछि चुम्बन गर्दा श्रीमतीले लगभग आधा जिब्रो नै टोकिदिइन् ।

यसबारे पीडितका बुवाले पुलिसलाई जानकारी दिएका हुन् ।

ती व्यक्तिको सफ्दारजंग हस्पिटलमा उपचार भइरहेको र उनले अब बोल्न सक्छन् कि सक्दैनन् भन्ने बारे अहिले नै भन्न नसिकिने डाक्टरले बताएका छन् ।

ती महिलालाई पक्राउ गरिएको छ । यसका लागि उनलाई जन्मकैद हुनसक्ने पुलिसले बताएको छ ।

यी दुईको सन् २०१६ नोभेम्बर २० मा विवाह भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप