बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हारबाट जोगियो बार्सा

सोमबार, ०८ असोज २०७५, ०९ : २१
सोमबार, ०८ असोज २०७५

एजेन्सी । जेरार्ड पिकेले १० खेलाडीमा सिमित बार्सिलोनालाई जिरोनाबिरुद्धको काटालान डर्बीमा हारबाट जोगाएका छन् ।

क्लेमेन्ट लेनगेन्टले रातो कार्ड पाएपछि बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा सिमित बन्न पुगेको थियो ।

त्यसअघि कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

शीर्ष पाँच युरोपिन लिगमा मेस्सीले सबै प्रतियोगितामा सन् २०१८ मा सर्वाधिक ३५ गोल गरेका छन् ।

तर, क्रिस्थियान स्टुआनीले दुई गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । 

१० खेलाडीमा सिमित भए पनि बार्सिलोनाले जिरोनामाथि दबाब राख्दै खेलको ६३ औँ मिनेटमा बराबरी गोल फर्कायो ।

बराबरीका बावजुद साबिक विजेता बार्सा गोल अन्तरको आधारमा रियल म्याड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

बार्सिलोना लिगमा पछिल्ला ३९ खेलमा अपराजित रहेको छ । यसअघि सन् १९९१ र १९९३ को बीचमा बार्सिलोना लगातार ४० खेलमा अपराजित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप