राष्ट्रकविले यसरी मनाए आफ्नो १०० औं जन्मदिन (फोटोफिचर)
काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् ।
लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् ।
शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बसेका घिमिरेलाई दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लैनचौरमा भेट्घाटको कार्यक्रम मिलाइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिइन् ।
राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना दिए ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिएका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । दुई हजारभन्दा बढी व्यक्तिले उहाँलाई शुभकामना दिई दिर्घायुको कामना गरेका थिए ।
घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ राष्ट्रनिर्माता, राजेश्वरी, आफै बासुरी आफै मुरारी, पापी आमा, आदि कविता सङ्ग्रह प्रकाशित छन् । भने हाल “ऋतम्भरा” महाकाव्य लेख्दै छन् । १०० वर्ष पुग्दासमेत उनको लेखन शैली थाकेको छैन । रासस






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण