शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बञ्चरो प्रहार गरी बाबुले गरे छोराको हत्या

आइतबार, ०७ असोज २०७५, १९ : ५५
आइतबार, ०७ असोज २०७५

कैलाली– कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो । 

टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बाबुले छोरालाई बञ्चरोले टाउकामा हिर्काएपछि घाइते गम्भीर भएका कृतबहादुरको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कृतबहादुरलाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जनाइएको छ । 

लुहारको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप