शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटबलमा सेनालाई हराएको रुपन्देही उपल्लो तम्घाससँग पराजित

आइतबार, ०७ असोज २०७५, १९ : ४७
आइतबार, ०७ असोज २०७५

बुटवल– संविधान दिवसको दिनदेखि  गुल्मीको सदरमुकाम तम्घासमा आयोजित अनटेष्ट फुटवल प्रतियोगिता–२०७५ आज सम्पन्न भएको छ ।  रेसुङ्गा नगरपालिकामा  क्रियाशील अनटेष्ट युवा क्लबको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा कुल १७ टिमसँग प्रतिस्पर्धा गर्दै तेश्रो राउण्डको खेल पछ्याईरहेको नेपाली सेना बीरभद्रजंग गुल्मी धागिथु ब्यारेकको टिमलाई समेत पछार्दै फाईनलमा पुगेको रुपन्देही ११ को टिम अन्ततः गुल्मी,तम्घासको गोल्डेन युवा क्लवको टिमसँग हार ब्यहोर्न पुगेको छ ।

दुई खेलमा बराबरीको टक्करपछि अन्तिम खेलमा पेनाल्टी हुट पाएपछि गोल्डेन युवा क्लव उपल्लो तम्घासले जित हात पारेको हो । प्रथम  हुने उक्त क्लवले ५० हजार राशीको नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो खेलको पुरस्कार राशी जिल्लाकै दोश्रो राशी हो । यसअघि सोही क्लबले प्रथम पुरस्कार राशी ७० हजार राखेको थियो ।

दोश्रो  हुने टिमले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । तेश्रो पुरस्कारका लागि   तम्घासको रेसुङ्गा युवा क्लव र  पुल्चोक स्र्पोट क्लबले प्रतिष्पर्धा नै गरेनन्  । उनीहरुले दुबै तेश्रो हुने गरी १०÷१० हजार नगद पुरस्कार लिने सम्झौता गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप