शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीका तीन एआईजीलाई दज्र्यानी चिन्ह प्रदान

आइतबार, ०७ असोज २०७५, १९ : २९
आइतबार, ०७ असोज २०७५

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका बरिष्ठ प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह सुशोभन गरिएको छ ।

आईतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

 दज्र्यानी चिन्ह लगाउने कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनलाई उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको बताए ।

‘उत्कृष्ठ प्रहरी संगठन बनाउनका लागी संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नुपर्छ’ उनले भने, ‘सकारात्मक सोच, संगठनप्रतिको नीति र कानुन सम्मत काम गर्नुपर्छ, कसैले नीति विपरितको काम गरेको पाइएमा जोसुकै भएपनि कारवाहीको दायरामा ल्याईन्छ ।’

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै एआईजी पुष्कर कार्कीले पदोन्नतीको क्षणमा राष्ट्र, संगठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप