शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले अहिले मेहनतका साथ काम गरिरहेको छ : प्रचण्ड

आइतबार, ०७ असोज २०७५, १९ : २४
आइतबार, ०७ असोज २०७५

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई समृद्ध बनाउन सरकारले मेहनतका साथ काम गरिरहेको दावी गरेका छन् । चितवनको भरतपुरमा आईतबार आयोजित ‘आठौं हेल्थ अवार्ड’ वितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष प्रचण्डले जडिबुटीलाई मात्रै सदुपयोग गरेर मुलुकलाई धनी बनाउने सकिने प्रचुर सम्भावना रहेको पनि स्पष्ट पारे । उनले सरकारको समग्र कामलाई समीक्षा गरेर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे । अध्यक्ष दाहालले स्वास्थ्य क्षेत्रलाई अघि बढाउन सकारात्मक भिजन निर्माणमा लाग्नुपर्नेमा पनि जोड दिए । अध्यक्ष प्रचण्डले सुशासन कायम गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याए ।  कार्यक्रममा यस वर्षको लाईफटाईम अचिभमेन्ट हेल्थ अवार्ड वरिष्ठ मृगौंला रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ ।

 त्यसैगरी उत्कृष्ट चिकित्सक हेल्थ अवार्ड सगरमाथा अञ्चल अस्पतालका चिकित्सक डा. चुमनलाल दासलाई दिइएको छ । यसवर्षको उत्कृष्ट अस्पतालको अवार्ड चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले हात पार्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप