शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे

आइतबार, ०७ असोज २०७५, १९ : २४
आइतबार, ०७ असोज २०७५

काडमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । शनिवार मध्यरातमा सम्पन्न मतगणना अनुसार ४ सय ६६ मत हासिल गर्दै सिंह आगामी तीन वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचत भएका हुन् ।

सिंहका निकटतम प्रतिद्धन्दी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ४ सय ६५ मत सहित निकोलस पाण्डे विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी लक्ष्मणकुमार रानाको पक्षमा ४ सय २८ मत खस्यो । महासचिवमा रोशन दाहाल र उपमहासचिवद्धयमा टंकप्रसाद चौलागाई (नीतिगत) र नरहरी थपलिया (आन्तरिक) विजय भएका छन् । 

प्रदेश उपाध्यक्षहरुमा एक नम्बरबाट धिरेन्द्रकुमार दाहाल, दुईबाट सुरेन्द्रप्रसाद सिंह, तीनबाट पेम्बा लामा शेर्पा, चारबाट राजेन्द्र पहारी, पाँचबाट टोपबहादुर रायमाझी, छ बाट रत्नबहादुर खड्का तथा सातबाट टेकबहादुर सेठ्ठी (निर्विरोध) निर्वाचित भएका छन् ।  

कोषाध्यक्षमा ४ सय ७० मत सहित हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भइन् । खुल्ला पाँच जना केन्द्रीय सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार रेग्मी, इन्जिनियर भीमबहादुर पाल र डाक्टर सूर्यबहादुर खड्काले विजयी भएका छन् ।

कुल ५५ सदस्यीय कार्य समिति मध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने अब बाँकी सदस्यहरु नयाँ कार्य समितिले मनोनयन गर्ने महासंघले जनाएको छ । निर्वाचनमा ९ सय ३५ मध्ये ९ सय ८ जना प्रतिनिधिहरुले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महासंघको २० औं साधारण सभा तथा निर्वाचन कार्यक्रममा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २ हजार भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो । 

यसैबीच महासंघको नयाँ कार्य समितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम आइतबार राजधानीमा सम्पन्न भएको छ । महासंघका कानूनी सल्लाहकार बाबुराम दाहालले नयाँ कार्य समितिका अध्यक्ष रवि सिंहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि सिंहले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप