शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा ३० लाख राजश्व सङ्कलन

आइतबार, ०७ असोज २०७५, १९ : १४
आइतबार, ०७ असोज २०७५

निकेश खनाल
बर्दिवास– जिल्ला टा«फिक प्रहरी कार्यालय महोत्तरीले चालू आर्थिक बर्षको दुई महिनामै झण्डै ३० लाख राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को बितेको साउन र भदौ महिनामा चारहजार ४ सय सवारी साधनलाई कार्वाही गरेर कार्यालयले २९ लाख ९८ हजार ५०० राजश्व सङ्कलन गरेको हो ।

गत बर्षको यसै अवधीमा (२०७४ को साउन, भदौ) कार्यालयले दुईहजार ७४४ सवारी साधनलाई कार्वाही गरेर १६ लाख १६ लाख ९० हजारमात्र राजश्व सङ्कलन गरेको थियो । गत बर्षको यो अवधिमा १० वटा सवारी दुर्घटना भएको थियो भने, चालु आबमा दुर्घटनाको सङ्ख्या एक घटेर नौमात्र भएको छ । दुर्घटना सङ्ख्या घटेपनि यस्ता घटनाका मृतकको सङ्ख्या भने यसपाली पनि बढेको छ । यद्यपि, गतसाल चारमात्र रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।

गत आब २०७४/०७५ को पूर्णअवधिमा कार्यालयले एक करोड ६० लाख राजश्व सङ्कलन गरेको थियो । बितेको तीन बर्षको घटना हेर्दा असोज र कात्तिक सबैभन्दा बढी राजश्व सङ्कलन र दुर्घटना हुने महिना देखिएका छन् । प्रमुख चार्डपर्व यिनै दुई महिनामा पर्ने र त्यस्ता बेला सवारी यात्रुहरुको आवागमन ह्वात्तै बढ्ने भएकाले दुर्घटना र कार्वाही पनि बढ्ने गरेको प्रनि उप्रेतीको भनाइ छ । 

                         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप