शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको गोन्जाओमा दुई नेपाली प्रहरी नियन्त्रणमा

आइतबार, ०७ असोज २०७५, १९ : ०९
आइतबार, ०७ असोज २०७५

काठमाडौं– चीनको औधोगिक शहर गोन्जाउको लुचिङलुस्थित नेपाली रेष्टुरेन्ट कोहिनुरमा कुकको काम गर्ने  दुई नेपाली बन्दी बनाइएका छन् । सो रेष्टुरेण्टमा काम गर्ने गोपाल खत्री र सुजनप्रसाद नेपाल बिगत ६० दिन देखि गोन्जाउको अध्यागमन हिरासतमा बन्दी बनाईएका हुन्।

उनीहरु बिना वर्कपरमिट पर्यटन भिजिट भिषामा काम गर्दै आएको आरोपमा बन्दी बनाइएको बुझिएको छ । यद्यपि, उनीहरुले रेष्टुरेण्टकै कारण  वर्कपरमिट लिन नसकिएको उनका सहकर्मीले बताएका छन् । कोहिनुर रेष्टुरेन्ट  व्यवसायिक रुपमा दर्ता नभएको र अनुमति बिनानै सञ्चालन गरिरहेको हुँदा कामदारलाई वर्क परमिट निकाल्न नसकिएको कुरा बन्दी भएका खत्री र नेपालका सहकर्मीले जानकारी दिएका छन् । 

चिनियाँ कानुनअनुसार त्यसरी  वर्कपरमिट बिनानै काम गर्दा जेल र पैसा दुवै सजाय हुने प्रावधान छ । अध्यागमन विभागले प्रतिब्यक्ति  ३५ हजार जरिवाना तोकेको हुँदा रेष्टुरेन्टका मालिक मिनबहादुर श्रेष्ठ उक्त रकम तिर्न आनाकानी गर्दै नेपाल फिर्ता भएका छन् । उक्त रेष्टुरेन्टमा काम गर्ने अर्का म्यानेजर पनि पक्राउ पर्ने डरले रातरात नेपाल पुगिसकेको बताइएको छ । श्रोतका अनुसार मीनबहादुर श्रेष्ठले हिरासतमा बन्दी आफ्ना कामदारलाई निकाल्नुको साटो फेरि नेपालबाट अर्का दुईजना नेपाली कुक ल्याएर  लुकीछिपी रेष्टुरेन्ट सञ्चालन गरिरहेको बन्दी खत्री र नेपालका सहकर्मीहरुले बताएका छन्। 

मिनबहादुरका छोरा राजु श्रेष्ठ पनि चीनमा रहँदा  बारम्बार बन्दी हुने गरेको र उनी माथि पनि नक्कली भिषाको आरोप लाग्ने गरेको बताइन्छ । केही समयअघि राजु  ड्रिंक एन्ड ड्राईभ केसमा २ महिना जेल बसेर डीपोर्ट भएको बुझिएको छ । 

उनलाई चीन सरकारले ५ बर्षका लागि निषेध गरेर चीनबाट डिपोर्ट गरेको छ ।  उनी नेपाल गएदेखि उक्त रेष्टुरेन्टको रेखदेख मीनबहादुर श्रेष्ठले गर्दै आएका छन् ।  

मीन बहादुर श्रेष्ठ एनआरएन चीनका निवर्तमान सल्लाहकार पनि हुन् भने नेपालका बिभिन्न संघसंस्थामा रहि समाज सेवामा लागेका व्यक्ति पनि हुन् । 

यस बारेमा नेपाली महाबाणिज्य दुताबासका कर्मचारीसँग सम्पर्क गर्दा उनीहरुलाई दुईचोटी भेटन गएको बुझिएको छ । तर प्रहरीले छिट्टै प्रक्रिया पुरा गरी चीनको कानुनअनुसार जरिवाना तिरेमा समयमै नेपाल पठाईदिने आश्वासन दिएको छ । तर रेष्टुरेण्ट मालिक मिनबहादुरले भने बेवास्ता गरिएको बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप