नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट
काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् ।
छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएकोे छ ।
उक्त विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ ।
नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने, “ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसँगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशि लागेको छ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ । ”
ग्रान्डी अस्पतालका प्रमुख संचालन अधिकृत सेवानिवृत्त महासेनानी अमृत खन्नाले भने, “नेपाली नागरिकलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुशि लागेको छ र यो सम्झौताले सेवामा थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण