मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मम यातना दिएको भिडियो सार्वजनिक भएपछि कारबाही थालियो

बिहीबार, ०५ साउन २०७४, २२ : २८
बिहीबार, ०५ साउन २०७४

मर्चवार (रुपन्देही)– बाबुसहित परिवारका सदस्यले स्थानीय बासिन्दासँग मिलेर बीच सडकमै किशोरीलाई गम्भीर यातना दिएको भिडयो भाइरल भएपछि प्रहरीले दोषीमाथि कारबाही थालेको छ । 

केही दिनअघि रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ डिहुलीका स्थानीय १९ वर्षीया मीना यादवलाई सार्वजनिकस्थलमै मीनाका परिवारका सदस्यसहित गाउँको ठूलो समूहले गम्भीर यातदान दिएको थियो । तर उक्त घटनालाई स्थानीय जनप्रतिनिधिहरुले प्रहरीकै रोहबरमा पीडित पक्षलाई जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका थिए । 

घटना भएको झण्डै दश दिनपछि निर्मम तरिकाले गाउँका ठूलो समूहले महिलामाथि कुटपीट जस्तो जघन्य अपराध गरेको भिडियो मिडियामार्फत सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाएको हो । सानै उमेरमा विवाह गरिएकी मीनाले स्थानीय युवनक दिनेश लोधसँग प्रेम गरेको भन्दै उनकै बाबु इन्नरसहित गाउँले सबै मिलेर निर्मम यातना दिएका थिए । 

महिलालाई गम्भीर यातना दिएको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न मीनका बाबु इन्नरलाई प्रहरीले पक्राउ गरेको छ । इन्नरसहित घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको मर्चवार प्रहरीले जनाएको छ । यसअघि दोषीलाई कारबाही नगरी मिलापत्र गरेको प्रहरीले इन्नर मानसिक रोगी भएकाले यसअघि छाडिएको भन्दै बचाउ गरेको छ । 

यो पनि पढ्नुस् 

प्रेम गरेको भन्दै युवतीलाई बीच सडकमै यसरी कुट्यो समाजले (भिडियोसहित)​

हेर्नुहोस् निर्मम यातना दिएको भिडियो

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप