बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वतन्त्र निर्माण कालिगढ संघको प्रथम साधारण सभा, राइनो ५०० डि स्टिल्स्बारे जानकारी

आइतबार, ०७ असोज २०७५, १६ : ४७
आइतबार, ०७ असोज २०७५

काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघको प्रथम साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । सभामा जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्टका आनन्द नेपालले जगदम्बा स्टिल्स्बाट उत्पादित राइनो ५०० डि स्टिल्स् बारे जानकारी गराए ।

उनले राइनो ५०० डि स्टिल्स् उत्पादन हुने प्रक्रिया तथा यसको उपयोगिता बारे विस्तृत जानकारी दिए । सभामा रिद्धि सिद्धि सिमेन्टका महाप्रबन्धक मुकुन्द घिमिरेले रिद्धि सिद्धि सिमेन्टको उत्कृष्ट गुणस्तर तथा यसको उत्पादनमा प्रयोग हुने नवीनतम प्रविधिको बारेमा जानकारी गराए । 

सभामा भक्तपुर हार्डवेयर सेन्टरका सत्यराम कोजु एवं ख्वप मिनी हार्डवेयरका नवीन केसीले सफलताको लागि सहयोग गर्ने वचनबद्धता जनाए । कार्यक्रममा संघका सचिव राम कृष्ण बखुछेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सत्यराम सकुभुटले आधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप