शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको दशैं योजना, १० जना भाग्यशालीलाई जपान जाने अवसर

आइतबार, ०७ असोज २०७५, १६ : १२
आइतबार, ०७ असोज २०७५

काठमाडौं । सुजुकीको नेपालका लागी आधिकारीक विक्रेता बिशाल ग्रुप अन्तर्गत भीजी अटोमोबाइलस प्रालिको दशैं योजना सार्वजनिक भएको छ ।

जपानिज कंपनी सुजुकी बाइक तथा स्कूटरमा  ग्राहकले कुनैपनी नेपाल भरीको सुजुकी शोरुमबाट बाइकको खरीदमा ८,०००  छुट र स्कुटरमा १०,००० छुट हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहक लक्की ड्र मार्फत जपान जान पाउने छन  । यो स्कीम भदौ २० गते बाट कार्तिक ३० गते सम्म लागू हुनेछ ।

यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फत कम्पनिले बिक्री बितरण गर्नेछ ।

यो स्कीम ले ग्राहकलाइ धेरै फाइदा पुग्ने र जपानीज कम्पनिको बाइक भएकोले धेरै  बलियों हुने साथै ग्राहकलाई सुबिधाको लागी  ५ बर्ष वारन्टी दीइएको कम्पनीले बताएको छ । नेपाल अधिराज्य भरी कुनै पनी सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलैसंग खरीद गर्न सक्नेछन् ।

र यो स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर चार हजार भन्दा बढी बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप