शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एएफसी महिला च्याम्पियनसिप : म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

आइतबार, ०७ असोज २०७५, १५ : ३८
आइतबार, ०७ असोज २०७५

काठमाडौँ– एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यान्मा ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । 

उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको बताउँदै  छ । यता ६ अङ्क जोडेको फिलिपिन्स पनि समूह ‘ई’ मा दोस्रो हुँदै थाइल्याण्डको यात्रा तय गर्यो ।  समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्ने छन् । 

त्यस्तै, नेपाल र मलेशिया भने यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागि मात्र भिड्नेछन् । समूह ‘ई’मा आयोजक नेपालसहित मलेशिया, म्यान्मा र फिलिपिन्स सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप