शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेको गाडीबाट खस्दा घर्तीको मृत्यु

बिहीबार, ०५ साउन २०७४, २१ : ३३
बिहीबार, ०५ साउन २०७४

हेमराज ढकाल 

भक्तपुर– गुडिरहेको गाडीबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । 

विहीबार साँझ भक्तपुर चाँगुनारायण नगरपालिका ५ ढुङ्गेपाटीमा बा १ क ८५५१ नम्बरको मिनी टाटा चाँगुबाट भक्तपुरतर्फ आउँदै गर्दा मिनी टाटाबाट खसेर दाङ घर भई हाल भक्तपुरमा ज्यामी काम गर्ने काम गर्ने वर्ष १८ को हिमाल घर्तीमगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

उक्त घटनामा घाइते सल्यान लक्ष्मीपुर ७ जिरघाट घर भई वर्ष १९ को शशी श्रीष मगरको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

सवारी साधन र चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने वर्ष ३९ को लक्ष्मीजंग सुलु महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप