इन्द्रावती नदीमा प्रतिबन्ध
मेलम्ची– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
यही असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेदेखि नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाका हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।
प्रारम्भिक वातावरणीय परीक्षण नभएका र ठेक्का प्रक्रिया पूरा नभएकाको हकमा गाउँपालिकाले आफ्नो कर्मचारी राखी नदीजन्य पदार्थ निकाल्न दिने पनि निर्णय गरेको छ । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौसम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो ।
अनुगमन समितिका संयोजक तथा जिससका प्रमुख कृष्णगोपाल तामाङले भने पुनःनिर्माण गरिरहेका नागरिकका लागि सहजता होस् भनेर सबै पालिकाका प्रमुखलगायत जिल्ला समिति बसेर नदीजन्य पदार्थ उत्खनन गर्न दिने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ