बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले मलेसियासँग खेल्ने

आइतबार, ०७ असोज २०७५, १३ : ३९
आइतबार, ०७ असोज २०७५

काठमाडौँ– एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप अन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ ।

उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः ३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो । 

समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै, आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप