शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः विवाह हुँदैछ भन्ने महसुस गर्न ५० वर्षेले चोरे ७३ वटा ‘वेडिङ ड्रेस’

आइतबार, ०७ असोज २०७५, १३ : ११
आइतबार, ०७ असोज २०७५

चीनका एक ५० वर्षे वृद्धलाई स्थानीय पसलबाट एक वर्षको अवधिमा ७३ वटा वेडिङ ड्रेस चोरेको आरोपमा साङ्घाई पुलिसले पक्राउ गरेको छ । यस्तो किन गरेको भनेर सोध्दा आफ्नो पुनः विवाह हुँदैछ भन्ने महसुस गर्नका लागि चोरी गरेको उनले बताए ।

गत अगस्ट २१ तारिखमा शहरको पुडोङ्ग न्यू एरियाको वेडिङ ड्रेस होलसेलरले साङ्घाई पुलिसलाई यसबारे जानकारी दिएको थियो । वाङ्ग थर भएकी एक महिलाले यो वर्षको सुरुवात देखि अहिलेसम्म आफ्नो घरबाट दर्जनौं लुगा हराएको बताइन् । प्रत्येक महिना एउटा वा दुईवटा ड्रेस हराउनु साधारण थिएन तर पछिल्लो ब्याचबाट एकैपटक आठवटा गाउन हराएपछि उनले यसबारे पुलिसमा ऊजुरी दिने सोच बनाइन् ।

वाङ्गले आफ्नो धेरैजसो पहिरन बार्दलीमा झुण्ड्याउने गर्थिन् र त्यहाँबाट नै ती हराउने गरेको उनले ठम्याइन् । सेक्युरिटी क्यामरा फुटेजमा देखिए अनुसार ती व्यक्तिले वाङ्गको बार्दलीमा राखिएको पहिरन आफूतर्फ तान्नका लागि एउटा लामो लट्ठीको प्रयोग गर्छन् । ती व्यक्तिको पहिचान गरेपछि उनलाई ताङ्जेन गाउँमा रहेको उनको घरमा ट्र्याक गरियो  जहाँ आठ हजार सात सय ४० डलर पर्ने ७३ वटा वेडिङ ड्रेस  भेटियो ।

उनको घरमा खोजतलास गरेपछि पुलिसले ती आठवटा ड्रेस पनि भेटे जुन वाङ्गले पछिल्लो ब्याचबाट हराइरहेको बताएकी थिइन् । गु थर भएका ती व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप