मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह अघि नै आफ्नो पार्टनरका यस्ता बानी याद गर्नुहोस्

आइतबार, ०७ असोज २०७५, १२ : ४०
आइतबार, ०७ असोज २०७५

नेपालमा विवाहको निकै महत्व छ । विवाह पछि महिला–पुरुष दुबैको जीवन परिवर्तन हुन्छ । प्रेम विवाहमा महिला–पुरुष दुबैले एक अर्कालाई राम्रोसँग चिनेका हुन्छन् तर मागी विवाहमा विवाह पछि मात्र एकअर्काबारे जान्ने मौका पाइन्छ । प्रेम विवाहमा पनि विवाह अघि आफ्ना प्रेमी–प्रेमिकाको सबै कुरा मनपर्छ तर विवाह पछि भने पहिले मनपर्ने बानी नै थुप्रै पटक झगडाको कारण बन्ने गर्छ । त्यसकारण विवाह अघि नै आफ्ना भावी पार्टनरको स्वभाव थाहा पाउनुपर्छ, आफूलाई पार्टनरको कुन कुराले रिस उठ्छ, त्यो पनि राम्रोसँग बुझ्नुपर्छ ता कि पछि गएर समस्या नहोस् । आउनुहोस् विवाह अघि पार्टनरको कस्तो कुरामा ध्यान दिनुपर्छ त्यसबारे जानकारी लिऔंः

१. अल्छी र अरुमा निर्भरः

महिला होस् वा पुरुष, अल्छी हुनु कसैको लागि पनि राम्रो होइन । अहिलेको यो समयमा काम नगरी मोजमस्तीमा मात्र वा सुतेरै जीवनयापन गर्छु भनेर सोच्नु मुर्खता हुन्छ । अहिलेको महँगीले कसैलाई पनि अल्छी हुन छुट दिँदैन । एक्टिभ हुने र आफ्नो कामका लागि अरुमा भर नपर्ने व्यक्ति नै राम्रो जीवनसाथी हुन्छन् त्यसकारण विवाह गर्नु अघि पार्टनरको यस्तो बानी ख्याल गरौं ।

२. इमोशनल ब्ल्याकमेलः

महिलाले धेरैजसो इमोशनल ब्ल्याकमेल गर्ने बताइन्छ तर आजकाल पुरुष पनि कम छैनन् । सानोतिनो कुरामा इमोशनल ब्ल्याकमेल गरेर आफ्नो कुरा मान्न लगाउनु ठिकै हो तर यदि तपाईंको पार्टनरको सधैं यस्तै गर्ने बानी छ भने सतर्क रहनुहोस् । विवाह अघि यस्तो बानी राम्रै लाग्ला, विवाह पछिको केही वर्षसम्म पनि ठिकै लाग्ला तर यस्तो बानीले तपाईंहरुबीच ठूलै झगडा निम्तिन सक्छ । त्यसकारण समयमै यसबारे ध्यान दिनुहोस् ।

३. कठोर व्यवहारः

तपाईंले विवाह गर्ने सोच बनाएको व्यक्तिले तपाईंसँग मात्र राम्रो व्यवहार देखाउने र अरु मानिससँग रुखो र कठोर व्यवहार देखाउँछन् भने त्यस्तो व्यक्तिसँग विवाह नगर्दा नै राम्रो । विवाह पछि विभिन्न नयाँ सम्बन्ध गाँसिन्छन् । त्यसकारण यसबारे पनि विचार गर्नुपर्छ ।

४. झुटो बोल्ने बानीः

कोही व्यक्तिले यति झुटो बोल्छन् कि यदि जम्मा गर्ने हो भने पहाड नै बन्लान् । यदि तपाईंको पार्टनरले आफ्नो परिवार र विगतबारे झुटो बोलेको छ भने उनलाई विवाह गर्नुअघि एक पटक पक्कै सोच्नुहोस् ।

५. परिवर्तन गर्ने कोसिस गर्नुः

यदि तपाईंको पार्टनरले विवाह अघि नै तपाईंको ड्रेसिङ स्टाइल र कुराकानी गर्ने तरिका परिवर्तन गर्न चाहन्छन् भने यसबारे एकपटक राम्रोसँग सोच्नुहोस् । तपाईं जे हुनुहुन्छ, त्यसमा तपाईंको पार्टनरलाई आपत्ति छ भने भविष्यमा यसले तपाईंलाई समस्यामा पार्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप