शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साम्राज्ञी अभिनित ‘इन्टु मिन्टु लण्डनमा’ लाई दर्शकको साथ

आइतबार, ०७ असोज २०७५, ११ : ०९
आइतबार, ०७ असोज २०७५

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले शनिबार दर्शकको राम्रो साथ पाएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर अभिनित सो चलचित्र हेर्न शनिबार प्राय सबै चलचित्र भवनमा दर्शक देखिएका थिए । 

शुक्रबार ओपनिङ ब्यवसाय राम्रो गरेको चलचित्रले शनिबार भने राम्रो ब्यवसाय गर्न सफल भएको बितरक मनोज राठीले दाबी गरे । 

‘मल्टिप्लेक्समा पनि चलचित्रले राम्रो दर्शक पाएको छ’ राठीले भने ‘ मल्टिप्लेक्स क्यूएफएक्सले यसलाई १२ सो दिएको थियो । अधिकांश सोज हाउसफुल रह्यो ।’

चलचित्रको ब्यवसायले निर्देशक रेनाशा वान्तवा राई पनि खुसी देखिएकी छन् । ‘दर्शकको साथ रहन्छ भन्ने थियो । यति धेरे साथ सोचेको थिइनँ’ उनले भनिन् ‘ दर्शकको मायाले अगाडि बढ्न हौसला मिलेको छ ।’ 
रेनेशा शनिबार दिउँसो राजधानीका विभिन्न हलमा कलाकारको साथमा पुगेकी थिइन् । 

शनिबार मोफसलका स्टेशनमा पनि दर्शकले राम्रो साथ दिएको बताइएको छ । तर शनिबारको ब्यवसायले मात्र चलचित्रको लगानी उठ्न सम्भव छैन । यो चलचित्रले लगानी उठाउन अझै केही दिन ब्यवसाय गर्नु पर्ने हुन्छ ।

रोमान्टिक लभस्टोरीमा जनरामा निर्मित चलचित्रमा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ । आईकोर फिल्मस्को व्यानरमा बनेको चलचित्रको निर्माता प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबरा हुन् ।

चलचित्र हेर्ने मध्य केही दर्शकले ‘इनटु मिन्टु लन्डनमा’ बलिउड चलचित्र ‘दिलवाले दुल्हिनिया ले जायगे’सँग दाजेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप