शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग राउण्ड अप : लिभरपुलको विजयी यात्रा कायम, स्पर्सको पराजयको शृङ्खला रोकियो

आइतबार, ०७ असोज २०७५, ११ : ०४
आइतबार, ०७ असोज २०७५

एजेन्सी । लिभरपुलले साउथह्याम्पटनमाथि ३–० को सहज जित निकाल्दै यो सिजन आफ्नो शतप्रतिशत नतिजालाई कायम राखेको छ ।

लिभरपुलले यो सिजन सबै प्रतियोगितामा लगातार सातौँ जीत निकालेको छ । पछिल्लो २८ वर्षमा लिभरपुलले यो उपलब्धि हासिल गरेको पहिलो पटक हो ।

शनिबारको खेलमा वेस्ले होएडले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।

त्यसपछि जोएल म्याटिपले अग्रता दोब्बर बनाए ।

पहिलो हाफ सकिन लाग्दा जेराडन शाकिरीको फ्रिकिक पोष्टमा लागेर रिबाउन्ड भएपछि त्यसलाई मोहमद शलाहले गोलमा परिणत गरे ।

अब लिभरपुलले आगामी चार खेलमा चेल्सीको दुई पटक सामना गर्नेछ भने नापोली पुग्नेछ र म्यान्चेस्टर सिटीको आतिथ्य गर्नेछ ।

६ खेलपछि ६ मा जीत निकाल्दै लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

शनिबार भएको अर्को खेलमा टोटनहम हटस्पर्सले ब्राइटन एण्ड होभ आल्बियनलाई हराउँदै लगातार तीन खेलमा हारको शृंखलालाईमा पूर्णबिराम लगाएको छ ।

स्पर्सको जीतमा ह्यारी केन र एरिक लामेलाले गोल गरे भने इन्जुरी समयमा ब्राइटनका लागि एन्थोनी नोकएर्टले एक गोल फर्काए ।

उता, च्याम्पियन्स लिगमा बेहोरेको हार बिर्साउँदै साबिक विजेता म्यान्चेस्टर सिटीले कार्डिफमाथि गोलको वर्षा गरेको छ ।

सिटीले ५–० को सहज जित निकालेको हो ।

सिटीको जितमा रियाद महारेजले दुई तथा सर्जियो अगुएरो, बर्नान्डो सिल्भा र इकाय गुन्डोगानले एक–एक गोल गरे ।

शनिबारको खेल अगुएरोको सिटीका लागि ३ सय औँ खेल पनि थियो । उनको गोल क्लबका लागि २०५ औँ गोल पनि थियो ।

सिटीको चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेड भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ को बराबरीमा रोकिएको छ ।

खेलमा फ्रेडले युनाइटेडलाई अग्रता दिलाए पनि जोआ मोन्टिन्होले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि युनाइटेड लिगको छैटौँ स्थानमा सिमित रहेको छ ।

शनिबार भएका अन्य खेलमा लेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले हरायो भने बर्नलीले बोर्नेमाउथलाई ४–० गोलले हरायो ।

न्युक्यासलले भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप