तुरतुरेमा बनेको तालको संरक्षण गरे अर्बौँ आम्दानीको स्रोत
प्रेम सुनार
बुटवल– केही दिनअघि बाग्लुङ्गको बडिगाड गाउँपालिका अन्तर्गत तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ताल बनेको छ ।
यहाँ पहिरो खसेर ताल बनेसँगै दिनहुँजसो मन्त्री र अन्य जनप्रतिनिधिका साथै उच्च पदस्थ कर्मचारी एव् सुरक्षा निकायका प्रमुखहरु अवलोकन गर्न पुग्ने गरेका छन् ।
ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली प्राकृतिक रुपमै बनेको ताल संरक्षणमा कसैको ध्यान नपुगेको बताउँछन् । ‘प्राकृतिक विपद्लाई अवसरका रुपमा लिएर संरक्षण गर्न सके आम्दानीको श्रोत बन्न सक्छ । तर म आफंैले तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्दा माथि डुवानमा परेका नागरिकहरु रुष्ट हुनुहुन्छ कि भनेर म बोल्न नसकेको हो’ मेयर विष्टको भनाई छ ।
‘जम्मा चार घर डुवानमा परेका छन् । ती चार घरबाहेक वुर्तिवाङ्ग बजारसम्म ताल बनाउँदा डुवानको असर नपर्ने देखिन्छ । पानी बढि भए ओभरफ्लो भएर बगेकै छ । चार घर परिवारलाई क्षतिपूर्ती दिलाउन सकिन्छ’ मेयर विष्ट सम्भावना सुनाउँछन् ।
तुरतुरेमा सुन्दर ताल बनाउन सकिए ¥याफ्टिङ्ग, होमस्टे लगायतको पर्यटकीय विकास गर्न सकिने भएकाले यसबारे सबै पक्षसँग छलफल र परामर्श गर्ने उनले बताए ।
पहिला विपद् व्यवस्थापनः प्रजिअ
बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले पहिला विपद व्यवस्थापन त्यसपछि अन्य कुरा सोच्न सकिने बताए । उनले भने–‘बाँधदेखि माथि ८३ किलोमिटर क्षेत्रफलमा ताल फैलिएको छ । पाहडै खसेर लाईफ लाईनका रुपमा रहेको मध्यपहाडी लोकमार्गको ३ सय मिटर मोटरबाटो पनि बगेर आवतजावत ठप्प छ ।’
प्रजिअ खरेलले शनिबारमात्रै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र आफूले उक्त क्षेत्रको अवलोकन गरेको तथा सेनाको उच्चस्तरीय टोलीले पनि अवलोकन गर्ने बताए ।
उनले भौगोलिक अवस्था बुझेर तालको बाँध फुटाउनेबारे योजना बनाउने बताए ।
‘अहिलेसम्म पर्यटकीय दृष्टिकोणले भन्दा पनि सुरक्षा र विपद् ब्यवस्थापनको दृष्टिले मात्रै हेरिएको छ । उच्चस्तरीय अध्ययन टोलीको निस्कर्ष, बाग्लुङ्ग र गुल्मीका जनताको प्रतिवेदनका आधारमा मात्रै ताल संरक्षण गर्ने नगर्ने बारे सोच्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’