ओलीलाई माधव नेपालको सुझाव : ‘धेरै सुन्नू, थोरै बोल्नू’
आइतबार, ०७ असोज २०७५, १० : ३७
टेक्सास– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् ।
अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।
उनले सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको गुनासो गरे । नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सञ्चालनका लागि पर्याप्त छलफल नहुने गरेको उनको भनाई थियो ।
सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको भन्दै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिलाए ।
दुई पार्टीबिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेपालले एकता कमजोर नहुने दावी गरे । आफु ७० बर्षसम्म सकृय राजनीति गर्ने नेपालको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं