शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी बलिउड नायिका ४० पार भइसक्दा पनि अझै अविवाहित

आइतबार, ०७ असोज २०७५, १० : ३१
आइतबार, ०७ असोज २०७५

हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन ।

सुष्मिता सेनः

सन् १९९४ मा मिस युनिभर्स बनेकी सुष्मिता सेन ४२ वर्ष पुगेकी छिन् । सुष्मिता अहिलेसम्म अविवाहित छिन् । यद्यपी, विभिन्न समयमा उनको अफेयरको चर्चा नभएका होइनन् । उनी निकै लामो समयसम्म रणदीप हुड्डासँग सम्बन्धमा रहिन् । उनले दुई छोरीलाई धर्मपुत्रीको रुपमा पालेकी छिन् ।

तब्बूः

बलिउडको सबैभन्दा प्रतिभाशाली नायिकाको रुपमा चर्चित तब्बू ४६ वर्ष पुगिन् तर उनी अझैसम्म अविवाहित नै छिन् । उनले निर्माता साजिद नाडियाडवालासँग इन्गेजमेन्ट गरेको जुन पछि टुटेको भन्ने चर्चा थियो । यसबाहेक उनी साउथका हिरो नाजार्गुनसँग सम्बन्धमा भएको खबरले पनि चर्चा पाएको थियो ।

अमिषा पटेलः

‘कहो ना प्यार हे’ जस्ता सुपरहिट फिल्मबाट बलिउडमा पाइला टेकेकी अमिषा पटेलको उमेर पनि ४२ वर्ष पुगिसकेको छ । उनी पनि अहिलेसम्म अविवाहित नै छिन् । यद्यपी, उनी फिल्म निर्देशक वि क्रम भट्टसँग सम्बन्धमा भएको खबरले निकै लामो समयसम्म चर्चा पाइरह्यो । अमिषा अहिले पनि आफूलाई सिंगल बताउँछिन् ।

नगमाः

विभिन्न भाषाको फिल्ममा काम गरिसकेकी नायिका नगमा ४३ वर्ष पुगिन् र उनी अहिलेसम्म सिंगल छिन् । उनको भारतीय क्रिकेटका पूर्व कप्तान सौरव गांगुलीसँग सम्बन्ध भएको चर्चा थियो । पछि नगमा राजनीतिमा गइन् र उनले कांग्रेस पार्टी रोजिन् ।

मोनिका बेदीः

ग्यांगस्टर अबू सलेमसँग सम्बन्धका कारण विवादमा रहेकी नायिका मोनिका बेदी ४३ वर्ष पुगिसकेकी छिन् । जेलबाट छुटेपछि मोनिका एकपटक पुनः फिल्म र टेलिभिजनमा फिर्ता हुन कोसिस गरिरहेकी छिन् । उनी अहिलेसम्म सिंगल छिन् ।

साक्षी तंवरः

टेलिभिजन सिरियल ‘कहानी घर घरकी’ बाट चर्चित भएपछि बलिउड फिल्ममा काम गरिसकेकी नायिका साक्षी तंवर ४५ वर्ष पुगिन् तर उनी अहिलेसम्म सिंगल छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप