बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अरबाजसँग सम्बन्धविच्छेद गरेपछि अब म पहिले भन्दा सुखी छुः मलाइका

आइतबार, ०७ असोज २०७५, ०९ : ५३
आइतबार, ०७ असोज २०७५

मलाइका अरोडाले सलमान खानका भाइ अरबाज खानसँग सम्बन्धविच्छेद गरेको एक वर्ष बढी भइसकेको छ । अरबाजसँग सम्बन्धविच्छेद उनले आफूलाई निकै सम्हालेको र उनको जीवन पहिलेको भन्दा सुखी भएको बताएकी छिन् ।

मलाईका सोच्थिन् अब के होला ?

मलाइकाले हालै एक अन्तर्वार्तामा भनिन्, ‘मेरो मनमा विभिन्न विचार आउँथ्यो । मानिसहरुले जस्तो सोच्थे, मेरो मनमा पनि त्यस्तै सोच आउँथ्यो, अब के होला भनेर डराउँथे । जीवनले कहाँ पुर्याउने हो भन्ने पनि लाग्थ्यो तर मैले कुनै पनि कुरालाई आफूमाथि हावी हुन दिइनँ । मेरो लागि यो सबैभन्दा राम्रो कुरा रह्यो । मैले सबैकुरा समयमा नै छोडें र राम्रो समयका लागि प्रतिक्षा गरें ।’

सट्टेबाजीको बानीबाट तनावमा थिइन्ः

जून सन् २०१८ मा जब अरबाज खान क्रिकेटमा सट्टेबानीको आरोपमा फसे तब उनी आफैंले अचम्मित गरिदिने बयान दिएका थिए । अरबाजले मानेका थिए कि मलाइकासँग उनको सम्बन्ध सट्टेबाजीको बानीका कारण बर्बाद भयो । अरबाजले बताएका थिए कि सट्टेबाजले पैसाका लागि मलाइकालाई पनि फोन गर्न थालेका थिए । यसैका लागि उनीहरुबीच ठाकठुक सुरु भएको थियो र कुरा सम्बन्धविच्छेदसम्म पुग्यो ।

पाँच वर्षको डेटिङ, विवाह र १९ वर्षपछि सम्बन्धविच्छेदः

मलाइका र अरबाजले करिब पाँच वर्षको डेटिङपछि सन् १९९८ मा विवाह गरेका थिए । तर सन् २०१६ मा उनीहरु भिन्न बस्न थाले र सन् २०१७ मे मा उनीहरुको सम्बन्धविच्छेदमा कानूनी मुहर लागेको थियो । उनका १५ वर्षका छोरा अरहान खान अब मलाइकासँग बस्छन् । सम्बन्धविच्छेद पछि पनि अरबाज र मलाइकालाई अरोडा र खान परिवारसँग देखिइन्छ ।

अरबाज दोस्रो विवाहको तयारीमाः

अरबाज खान आजकाल मोडल र नायिका जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् । दुबैलाई धेरैजसो पार्टी र सार्वजनिक कार्यक्रममा सँगै देखिन्छ । अगस्टमा ५१ वर्षका अरबाजले जर्जियासँग दोस्रो विवाह गर्दैछन् भन्ने खबर सार्वजनिक भएको थियो । रिपोर्टमा नजिकको स्रोतलाई उद्धृत गर्दै अरबाज र जर्जियाको विवाहका लागि खान परिवार सहमत नभएको बताइएको थियो ।

यसकारण तयार छैन खान परिवारः

सलमान र उनका परिवारलाई अरबाजले जीवनमा केही विशेष गर्न नसकेका कारण उनीहरुको विवाह टुटेको भन्ने लाग्छ ।  आफ्नो पहिचान आफै बनाएकी मलाइकाका पूर्व श्रीमान् अरबाजले आफ्नो पहिचान बनाउनुको साटो सुपरस्टार दाइ सलमानमा नै निर्भर भइरहेको मलाइकालाई मनपरेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप