शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईशा अम्बानीको इन्गेजमेन्टमा प्रियंका–निकमात्र नभई जान्ह्वी र अनिल कपुर पनि छाए

आइतबार, ०७ असोज २०७५, ०८ : ४८
आइतबार, ०७ असोज २०७५

मुकेश र निशा अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पिरामलको इटालीमा आयोजित इन्गेजमेन्टको मौकामा विभिन्न बलिउड सेलिब्रिटी पनि पुगे । ईशाको इन्गेजमेन्टमा प्रियंका चोपडा, निक जोनससहित जान्ह्वी र अनिल कपूरको तस्बिर पनि सार्वजनिक भएको छ ।

अनिल कपुरले इन्टाग्राममा आफ्नो स्टाइलिश फर्मल लुकमा विभिन्न तस्बिर पोष्ट गरेकी छिन् । ईशा अम्बानीको इन्गेजमेन्ट भएको स्थान इटालीको लेक कोमोमा खिचेका विभिन्न तस्बिर अनिल कपुरले सेयर गरेका छन् ।

अनिलले तस्बिर पोष्ट गर्दै इटालीको सुन्दर स्थानको तारिफसमेत गरेका छन् ।

जान्ह्वी कपुर पनि इशा अम्बानीको इन्गेजमेन्टमा उपस्थित भएकी थिइन् ।

सेलिब्रिटी स्टाइलिष्ट तान्य घावरीले जान्ह्वी कपूरको तस्बिर पोष्ट गरेकी छिन् । ब्ल्याक लेस गाउनमा जान्ह्वी निकै सुन्दर देखिएकी छिन् ।

जान्ह्वीले यो विशेष मौकाका लागि लग्जरी ब्रान्ड नेडोको कलेक्शनलाई छानेकी थिइन् ।

इन्गेजमेन्टको यो विशेष कार्यक्रममा विभिन्न सेलिब्रिटी स्टार पुगे । प्रियंका चोपडा आफ्ना भावी श्रीमान् निक जोनससँग पुगिन् । फेशन डिजाइनर मनिष मल्होत्रासँगको प्रियंका–निकको तस्बिर मिडियामा निकै छाएको छ ।

इशा अम्बानी र आनन्द पिरामलको इन्गेजमेन्टको उत्सव तीन दिनसम्म चल्नेछ । यो शुक्रबार २१ सेप्टेम्बरदेखि सुरु भएर सेप्टेम्बर २३ सेप्टेम्बरको एक शानदार फेयरबेल लञ्चसहित समाप्त हुन्छ । यो समारोह इटालीको लेक कोमोमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप