बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अबुधाबीमा

आइतबार, ०७ असोज २०७५, ०७ : ३१
आइतबार, ०७ असोज २०७५

अबुधाबी - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राति अबुधाबी पुगे । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि छिन् । 

अबुधाबी विमानस्थलमा प्रधानमन्त्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे । 

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । 

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप