बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अराजक बजार, निरीह सरकार : दसैँको मुखैमा बढायो गाडी भाडा

आइतबार, ०७ असोज २०७५, ०६ : ५७
आइतबार, ०७ असोज २०७५

गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ
वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । 

यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो । 

भाडा बृद्धि आईतबारबाटै लागु गर्ने निर्णय भएको विभागले जनाएको छ । 

गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ । 

भोलिबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने, भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौँ भन्नुभएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा मुख्य खबर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप