बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

आइतबार, ०७ असोज २०७५, ०६ : ४१
आइतबार, ०७ असोज २०७५

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् । 

आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो । 

नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिन्सट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् । 

तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् । 

समुना पुर्वडिएसपी खड्काका आफ्नै भाई दिलीपकुमार खड्काकी श्रीमती हुन् ।,आजको नागरिक दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप