शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी

शनिबार, ०६ असोज २०७५, २१ : ०१
शनिबार, ०६ असोज २०७५

गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । 

सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । 

सर्वोच्चको आदेशानुसार विश्वकर्र्मालाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए । 

एक हप्ता अगाडि काठमाडौंबाट विश्वकर्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप