शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा खोलामा डुबेर एक जनाको मृत्यु

शनिबार, ०६ असोज २०७५, २० : ५२
शनिबार, ०६ असोज २०७५

भद्रपुर । खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको मृत्यु भएको छ । 

घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा आज बिहान उनको शव फेला परेको हो । दैनिक जसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ । 

उनको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप