शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक यातायात व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ

शनिबार, ०६ असोज २०७५, २० : २५
शनिबार, ०६ असोज २०७५

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । असोज ४ र ५ गते राजधानीमा सम्पन्न छैठौं अधिवेशनले अघिल्लो कार्यकालमा महासचिव रहेका श्रेष्ठलाई अध्यक्षमा र महासचिवमा राजेन्द्र विक्रम बानियाँलाई निर्विरोध चयन गरेको हो ।

महाधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोखरेल, उपाध्यक्षमा कृष्णहरी जिसी र उपेन्द्र देवकोटा चयन भएका छन् । त्यस्तै, उपमहासचिवमा दिपक पौडेल, सचिवमा जि.वि. खड्का, कोषाध्यक्षमा ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका छन् । 

नव निर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, विमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भएपनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताएका छन् ।

नवनिर्वाचित महासचिव बानियाँले भने, ‘व्यवसायी, मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भिर भएर लाग्ने प्रतिक्रिया दिएका छन् ।’

महासंघको प्रदेश १ देखि ७ सम्मको संयोजकहरुमा क्रमशः विद्यापति उपाध्याय, राजन केसी, तारा बहादुर बराल, लिला बराल, यमप्रसाद पाण्डे, चेतन कुमार थानी र मेघराज भट्ट चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप