शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त तीन एआईजीको नयाँ जिम्मेवारी तोकियो, आईतबार दज्र्यानी चिन्ह लगाईने

शनिबार, ०६ असोज २०७५, २० : १२
शनिबार, ०६ असोज २०७५

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अनुसार डिआईजीबाट बढुवा भएका नेपाल प्रहरीका तीन नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुले आईतबार दज्र्यानी चिन्ह लगाउने भएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आईतबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह सुशोभन गर्ने कार्यक्रम रहेको प्रहरी प्रवक्ता (एसएसपी) शैलेस थापा क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

बढुवा समितिको सिफारिस अनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई एआईजीमा बढुवा गरेको थियो ।

मन्त्रिपरिषद्ले नवनियुक्त एआईजीहरुको नयाँ जिम्मेवारी समेत तोकेको छ । एक नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका  पुष्कर कार्कीले अपराध अनुसन्धान तथा कार्य विभाग प्रमुखको जिम्मा पाएका छन् । कार्की यसअघि राष्ट्रिष्य प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा कार्यरत थिए ।

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार एआईजी ठुले राईलाई मानव स्रोत तथा प्रसासन विभागको जिम्मेवारी दिईएको छ । एआईजी  धिरु बस्न्यातले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) प्रमुखको जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप