बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

शनिबार, ०६ असोज २०७५, १९ : ५४
शनिबार, ०६ असोज २०७५

संयुक्त राष्ट्रसंघ । ‘संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ’ राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भने ।

पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उनको सम्झना गरिएको हो । 

घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबेल पुरस्कार समेत पाएका थिए । 

‘उहाँ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो, हामीले उहाँलाई चाडै गुमायौँ, त्यसको अभाव महशुस गरिरहका छौँ, तै पनि हामी उहाँबाट धेरै प्रभावित छौँ,’ गुटेर्रेसले भने । 

उनले सम्झदै भने, ‘कोफी अन्नानले पछिल्लो कुराकानीमा राष्ट्रसंघलाई मानवीयतातर्फ केन्द्रित गर्न आग्रह गर्नुभएको थियो, उहाँलाई विश्वभरका मानवको मानवअधिकार, आत्मसम्मान र न्यायका बारेमा चिन्ता थियो ।’
 
राष्ट्रसंघको ७३ औँ महासभामा बोल्नेहरु मध्ये अरुले पनि उनलाई असल र सफल महासचिवका रुपमा स्मरण र सम्मान गरेका थिए । 

अन्नान दुई कार्यकाल राष्ट्रसंघको महासचिव भइ विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप