बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानाडामा नेपाली खेलाडीलाई पदक

शनिबार, ०६ असोज २०७५, १९ : ४३
शनिबार, ०६ असोज २०७५

काठमाडौँ । राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । 

क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । 

नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौँ ब्याचका तेक्वान्दो खेलाडी हुन् । 

राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झण्डा फरफराउन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप