केन्द्रीय संस्करण

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि…, प्रहरीले गर्यो उद्धार

person access_timeअसोज ६, २०७५ chat_bubble_outline0

परासी । पश्चिम नवलपरासीस्थित बच्चाको जन्म दिई बेवारिसे अवस्थामा फेला परेकी मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरिएको छ । 

बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा पु¥याएका थिए । 

अस्पतालले बच्चा र आमा दुवैको उपचार गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा अनन्तकुमार शर्माले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आए पनि आमाको मानसिक अवस्था नराम्रो भएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि उनलाई काठमाडौँ लगेको उनले बताए । 

जिल्ला अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टराई, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, उपप्रमुख रम्भा कुँवर र समाजसेवी रामभवन यादवको विशेष सहयोग तथा रोहवरमा आमालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महिनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख कुँवरले बताए । तीन महिनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । 

बच्चा भने अहिले अस्पतालको रोहवरमा राखिएको छ । अस्पतालका नर्सहरुले बच्चाको रेखदेख गर्दै आएको र बच्चा स्वास्थ्य अवस्था राम्रो रहेको डा शर्माले बताए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ