शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला पन्तको हत्यारालाई पक्राउ नगरेको प्रति साहित्यकारको आपत्ति

शनिबार, ०६ असोज २०७५, १९ : १३
शनिबार, ०६ असोज २०७५

भैरहवा । कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले पक्राउन गर्नुको सट्टा संरक्षण दिएको भन्दै भैरहवाका साहित्यकारहरुले सरकारको चर्को आलोचना गरेका छन् । 

बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारालाई झण्डै दुई महिना बितिसक्दा समेत पत्ता लगाउन नसक्नु रहस्यमय भएको भन्दै मानसिक स्थिति ठीक नभएका व्यक्तिलाई दोषि देखाउनुले सरकारको चौतर्फी विरोध भएको साहित्यकारहरुले बताएका छन् । 

आज भैरहवामा सिद्धार्थ साहित्य परिषद्को नियमित २१४ औँ संगममा बोल्ने वक्ताहरुले सरकार आफ्नै कारणले आलोचित हुन पुगेको बताएका हुन् । साहित्यिक रचना वाचन गर्ने क्रममा सबै जसो स्रष्टाहरुले निर्मलाको हत्यारालाई पक्राउ गर, पीडितलाई न्याय दिलाऊ, नारीको सुरक्षा र सम्मान गर भन्ने सन्देश मुलक रचनाहरु प्रस्तुत गरेका थिए । 

सो कार्यक्रमा प्रा.डा. कपिलदेव लामिछाने, सहप्राध्यापक डिल्लीराज भट्टराई, कथाकार विजय सागर, पुनहरि बेल्बासे, शशी पन्थी, लक्ष्मी शर्मा, तिलक लामिछाने, हिरालाल धामी, उदयराम पौड्याल, केशब शर्मा बेल्बासे, सीता काफ्ले, राधा ढकाल, गंगा अभिलासी, राम बहादुर श्रेष्ठ, बासुदेव पोखरेल, घनश्याम विश्वकर्मा, अम्बिका पाण्डे, भविश्वर पंगेनी, सपना बानिया, प्रकाश चन्द ले रचना वाचन गरेका थिए । 

कार्यक्रममा प्राडा. कपिलदेव लामिछाने र कथाकार विजय सागरले साहित्यकार तिलक लामिछानेद्वारा लिखित सुन्तली नाटकको टिप्पणी गरेका थिए । कार्यक्रम संस्थाका सहसचिव लक्ष्मी शर्माको अध्यक्षता सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप