उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपतिको आग्रह
काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे ।
यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।
उपराष्ट्रपतिले आज बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण गरे । भ्रमणको क्रममा उनलाई विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले स्वागत गरेका थिए ।
नेपाली विद्यार्थीसँग संक्षिप्त अन्तरक्रिया गर्दै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो राख्न आग्रह गरेका उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । उनले यिपिन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी उत्कृष्ट रहेको बताउँदै थप प्रगतिका लागि शुभकामना दिए ।
विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताए ।
उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाइल र लिगो मोबाइल उत्पादन उद्योगको अवलोकन भ्रमण गरे । उनले चीनको सबैभन्दा लामो नदी याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरे ।
उपराष्ट्रपतिले आज नै आधुनिक चीनका भवन निर्माण डिजाइनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गरे । लियाङ चीन जापान युद्धको बेला बेइजिङबाट याङसी नदीको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उनले त्यहीँ बसेर आधुनिक चीनको भवनको डिजाइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल