शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कार्वाही गर्ने मन्त्री खतिवडाको चेतावनी

शनिबार, ०६ असोज २०७५, १८ : ०७
शनिबार, ०६ असोज २०७५

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान विक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे । 

अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कार्वाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पारे । 

उनले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप