शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजारः दुई अर्ब ६२ करोडको कारोबार

शनिबार, ०६ असोज २०७५, १८ : ०४
शनिबार, ०६ असोज २०७५

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए । 

यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड ९० लाख ५० हजार बराबरको शेयर कारोबार भयो । यस्तै त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको पाँच लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस्तै देवः विकास बैंकको २४ लाख ७० हजार ९२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप