शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिका लागि क्षेत्रको पहिचान आवश्यक : रक्षामन्त्री पोखरेल

शनिबार, ०६ असोज २०७५, १८ : ००
शनिबार, ०६ असोज २०७५

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन् । 

वौद्धिक वृत नेपालको आज यहाँ आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए । समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उनको धारणा थियो । 

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उनको भनाइ थियो । मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गरे । 

‘अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन’, उनले भने, ‘हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन । अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ ।’ 

उनले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको छ भने । उनले नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र घोषणापत्रअनुसार काम गरे÷नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताए । 

कार्यक्रममा वृत्त नेपालद्वारा प्रकाशित पुस्तक ‘वौद्धिक दर्पण’ समेत मन्त्री पोखरेलले विमोचन गरेका थिए । पुस्तकमा नेपालको आर्थिक विकास र समृद्धि कसरी गर्ने भन्ने सम्बन्धमा १९ लेख रहेका छन् । 

वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धि ल्याउनका लागि वौद्धिक व्यक्तिसँग सरकारले छलफल गर्नुपर्ने धारणा राखे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप