शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुविन भट्टराईको नयाँ पुस्तक ‘प्रिय सुफी’ सार्वजनिक

शनिबार, ०६ असोज २०७५, १७ : २०
शनिबार, ०६ असोज २०७५

काठमाडौं – लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ । 

प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत दाबी गरे । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको भनाइ छ ।

यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैकोमन छुने बताइन् । 

कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफु विश्वस्त रहेको बताए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरे ।

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप