बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्रको बेस क्याम्प हटाउने निर्णयको विरोध

शनिबार, ०६ असोज २०७५, १७ : ०३
शनिबार, ०६ असोज २०७५

रौतहट–रौतहटका विभिन्न तीन स्थानमा रहेका सशस्त्र प्रहरीको बेस क्याम्प हटाउने निर्णयको विरोध भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गढीमाई नगरपालिका स्थित समनपुर बेस क्याम्प, देवाही गोनाही नगरपालिका स्थित देवाही बेस क्याम्प र गुजरा नगरपालिका स्थित हरीनगर पोखरभिण्डा बेस क्याम्प हटाउने निर्णय गरेको थियो । तर, सो निर्णयको स्थानीयका साथै जनप्रतिनिधिसमेतले विरोध गरेका हुन् ।

शान्ति सुरक्षासंग प्रत्यक्ष सरोकार राख्ने हरीनगर सशस्त्र बेस क्याम्प हटाउन नहुने गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले बताए ।

यसविषयमा शनिबार प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालसँग देवाही गोनी नगरपालिकाका मेयर धर्मेन्द्र पटेल लगायतका पदाधिकारीहरुले सामुहिक छलफल समेत गरेको छन् । 

सो क्रममा मेयर  पटेलले सशस्त्र बेस क्याम्प हटाउने केन्द्रिय निर्णय तत्काल स्थगन गर्न पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रिजाललाई आग्रह गरेका छन् । 

आफूहरुको आग्रहको बावजुद देवाही गोनाही बेस क्याम्प हटाउने प्रयास भएमा नगरक्षेत्र अन्तरगत रहेका नगरपालिका लगायत सबै सरकारी कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रने मेयर  पटेलले चेतावनी दिएका छन ।

यस्तै  गढीमाई नगरपालिकाका मेयर श्यामबाबु यादवले समनपुर बजार अतिनै महत्वपूर्ण व्यापारीक केन्द्र रहेकाले बजारको सुरक्षार्थ सशस्त्र बेस क्याम्प अपरिहार्य रहेको बताए । 

प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले सशस्त्र बेस क्याम्प हटाउने निर्णय बारे आफूले आवश्यक पहल गर्ने विश्वास दिलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप