शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको पर्यटन प्रवर्द्धन गर्न भारतीय कलाकार सद्भावना दूत नियुक्त

शनिबार, ०६ असोज २०७५, १६ : ४२
शनिबार, ०६ असोज २०७५

काठमाडौँ– नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । 

मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजार पनि भएको सन्दर्भमा यो नियुक्तिले भविष्यमा बलियो आधार तयार पुग्ने विश्वास लिइएको छ । साथै, दुई देशबीच पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउन ऐतिहासिक महत्व राख्ने अपेक्षा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा सद्भावना दूतको माध्यमबाट भारतबाट अधिक सङ्ख्यामा पर्यटक आउने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप