बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

शनिबार, ०६ असोज २०७५, १६ : ३८
शनिबार, ०६ असोज २०७५

काठमाडौँ–नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ ।
 

हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । 

टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अङ्ग्रेजी र साङ्केतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । डा विष्टले उक्त संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्वपूर्ण ग्रन्थहरुमाथि संवादका कार्यक्रम पनि सञ्चालन गर्ने बताए । 

नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार शुरु गरिएको बताए । विसं २०५२ मा पहिलोपटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण शुरु गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप