शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्ची आयोजनाको ३ सय ४० बोरा सिमेन्ट नीजि पसलमा बेचिएको खुलासा

शनिबार, ०६ असोज २०७५, १६ : २७
शनिबार, ०६ असोज २०७५

काठमाडौं–मेलम्ची खानेपानी आयोजनाको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट निजी पसलमा बेचिएको खुलासा भएको छ । 
 

 आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको हो । 

यसबारे खानेपानी मन्त्रालयले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही गरिने जनाएको छ । 

‘राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ ’, खानेपानीमन्त्री बीना मगरका स्वकीय सचिव विजयदेव भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो ।’

 घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन मन्त्रालयले सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप